१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ ।
मणिकुमार लामाले गरेको एक मात्र गोलमा आर्मीमाथि जित निकाल्दै एपीएफले ३ अंक जोडेको हो ।
च्यासल मैदानमा भएको खेलमा एपीएफका लागि मणिले ३७औं मिनेटमा गोल गरेका थिए ।
लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले पहिलो खेलमै थ्री स्टारलाई पराजित गरेको थियो ।
चार खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोडेको एपीएफ पाँचौँ स्थानमा छ ।
आर्मीको भने यस सिजन यो पहिलो हार हो । हारपछि चार खेलबाट ५ अंक रहेको आर्मी नवौं स्थानमा झरेको छ ।
आर्मी र एपीएफबीचको खेलका तस्वीरहरु :
प्रतिक्रिया 4