
२ चैत, काठमाडौं । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।
केन्द्रीय बैंकले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो । यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएको उक्त रिपोको अवधि सकिएसँगै पुन १५ अर्बको रिपो जारी गर्न लागेको हो ।
हाल राष्ट्र बैंकले बैंकहरुलाई ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदै आएको छ । अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत नै छ । जसले गर्दा बैंकिङ प्रणालीमा साधारण तरलताको कमी रहेको देखाउँछ । सोही कारण रिपो मार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4