
काठमाडौं । ईसेवाले ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।
यस अफर अन्तरगत ईसेवाका ग्राहकले आफ्नो ईसेवा एकाउन्ट मार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् । यस अफरमा बेंक ट्रान्स्फर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीले जनाएको छ ।
यस अफरमा ईसेवा मार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्स्फर गर्दा सहभागी हुन पाइनेछ । यो योजना ३० चैतसम्म सञ्चालन हुनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4