
काठमाडौं । शिवम् सिमेन्ट उद्योगले सञ्चालन गरेको ‘शिवम्सँग उपहार टन्न’ योजनाका विजेता घोषणा गरिएको छ । उद्योगले मेगा लक्की ड्र मार्फत योजनाका विजेता घोषणा गरेको हो ।
जस अनुसार उपभोक्तातर्फ ३० जना र बिक्रेता तर्फ ३० जना गरी ६० जना विजेताहरुको नाम सार्वजनिक गरिएको छ ।
मेगा लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट कृष्ण मानन्धर र उपत्यका बाहिरबाट चञ्चल चौधरी ले ५/५ तोला सुन जितेका छन् । दोस्रो पुरस्कार अन्तर्गत शिवराम, युवराज कार्की, चन्दन सिंह र सुरेश गरी ४ जनाले ३/३ तोला सुन जितेका छन् । तेस्रो पुरस्कार अन्तर्गत विनोद आचार्य, नकुल पौडेल, शाह इन्जिनियरिङ कन्ट्रक्सन प्रालि, हेल्थ एण्ड हाइजनिक प्रालि, अरुण यादव र मनोज यादव गरी ६ जनाले २/२ तोला सुन तथा चौथो हुने ८ जनाले १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।
शिवम् सिमेन्टले गत १८ मंसिरदेखि “शिवम्सँग उपहार टन्न” योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्राम देखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो ।
प्रतिक्रिया 4