+
+

श्रीमती हत्याको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते २०:०३

२ चैत, मोरङ ।  श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-१ नक्सालबारी बस्‍ने ५७ वर्षीय हेम कर्ण महत रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

महतले ५३ वर्षीया श्रीमती देवी महतलाई घरायसी विवादमा धारिलो हतियारले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?