२ चैत, काठमाडौं । ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगितामा आज भएका खेल जितेर ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ५८ रनले हराउँदै ह्योल्मो ११ फाइनलमा पुगेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको ह्योल्मो ११ ले खेलको म्यान अफ दि म्याच विवेक तामाङको ८४ रनको मद्धतमा १७२ रनको विशाल लक्ष्य खडा गरेको थियो । जितको लागि १७३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको चौताराले सबै विकेट गुमाउँदै मात्र ११४ रन बनाउन सक्यो ।
यस्तै दोश्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भोताङ क्रिकेट क्लबलाई पाँचपोखरी क्रिकेट क्लबले ५ विकेटले हरायो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा संचालित प्रतियोगिताको जेताले रू ८० हजार र उपविजेताले रू ५० हजार प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4