
३ चैत, काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताएकी छन् ।
संसद भवन नयाँबानेश्वरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।’
उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् । राष्ट्रपतिमा अनुकूल भएन, बरु यो अनुकूल देख्दैछु’, उनले भनिन् ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4