
३ चैत, काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ थियो ।
आज तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको छ ।
बिहीबार तेजावी सुन एक लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4