+
+

सलोन बस्नेत र अर्पण थापाको फिल्म ‘जय हो’ भदौ ८ गते रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:१५

काठमाडौं । अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेत स्टारर ‘जय हो’ प्रदर्शन भदौ ८ गते हुने भएको छ । निर्देशक समेत रहेका शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई कमेडी, एक्सन र लभस्टोरी जानरामा निर्माण गरिने भएको छ ।

आइतबारदेखि छायांकन सुरु हुँदैछ । अधिकांश छायांकन मुस्ताङ र बाँकी पोखरामा गर्ने जानकारी निर्माता बस्नेतले दिए । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी लगायतको समेत अभिनय हुनेछ ।

द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्त प्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले दुखी छन् ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?