+
+

ओलीको चेतावनी : जनताले प्रतिवाद गर्न नपरोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते २०:०४

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । ‘यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ । सरकारले लगाएको कि नलगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’, उनले भने, ‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् ।’

सार्वभौसत्ता, राष्ट्रियताविरुद्ध कोही चम्किँदै हिड्छ भने जनताले प्रतिवाद गर्ने उनले बताए । ‘कुनै बैंकका डिफल्टर हुन् कि जो सुकै हुन्, कसैलाई पनि जनताले सहन सक्दैन’, एमाले अध्यक्ष ओलीले भने, ‘लडेर बचाएको देश हो, साग र साइकल सस्तो पाइन्छ रे ! यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।’

यस्तो अभियान चल्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै उनले प्रश्न गरेका छन् ।

हेर्नुहोस् पुरा भिडियो- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?