+

आरिफ र आसिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

२०७९ चैत  ३ गते १८:२२ २०७९ चैत ३ गते १८:२२
आरिफ र आसिफलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

३ चैत, काठमाडौं । नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने भएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एकदिवसीय मान्यता सुरक्षित गर्न र नेपललाई विश्वकप छनोटमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै शेख दाजुभाइलाई मोटरसाइकल दिने घोषणा गरेका हुन् ।

मेयर सिंहले वीरगञ्जका स्थानीयले राष्ट्रको प्रतिनिधित्व गर्दै शीर उँचो बनाएकोले स्थानीय सरकारको रुपमा पुरस्कृत गरेको बताए ।

राष्ट्रिय टिमका अलराउण्डर आरिफले विश्वकप छनोटको लागि निर्णयक खेलमा बिहीबार यूएई विरुद्ध अर्धशतकीय योगदान गरेका थिए । विकेटकिपर ब्याटर आसिफले लिग २ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

आरिफ आसिफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय