
३ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रासहायप्रसाद यादवले संविधान रक्षा र पालना गर्दै मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन इमानदारीपूर्वक लाग्ने बताएका छन् ।
शुक्रबार निर्वाचित भइसकेपछि प्रतिक्रिया दिने क्रममा यादवले भने, ‘नेपालको संविधान,ऐन, कानुन बमोजिम आफ्नो भूमिका निर्वाह गर्नेछु । उपराष्ट्रपति पदको काम, कर्तव्य र अधिकार अनुुसार भूमिका निर्वाह गर्नेछु ।’
शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन आफ्नो तर्फबाट गर्न सकिने प्रयासलाई इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने उनले बताए ।
शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई १८४ संघीय सांसद र ३२९ प्रदेशसभा सदस्यले मत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4