
३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले स्ववियू निर्वाचनका लागि चार जना विद्यार्थीको नाम हटाउने सिफारिसप्रति विद्यार्थी संगठनहरुले भने आपत्ति जनाएका छन् ।
विभाग प्रमुख प्रा.डा.कविप्रसाद पोख्रेलले स्ववियु निर्वाचन समितिलाई विद्यार्थीको विवरणसहित मतदाता विद्यार्थीको नाम हटाउने सिफारिस गरेपछि उनीहरुले आपत्ति जनाएका हुन् ।
विभागले निर्वाचनको मर्यादा पालना नगरी आफू खुशी विद्यार्थी थपघट गर्ने गरेको भन्दै अखिल (क्रान्तिकारी), अखिल-क्रान्तिकारी) विप्लव, अनेरास्ववियू, समाजवादी विद्यार्थी संगठनले प्रिन्सिपल कार्यालय र निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले स्ववियु निर्वाचन हुन नदिने प्रयास भइरहेकोले तत्काल सर्वदलीय बैठक राख्न प्रिन्सिपल कार्यालय र निर्वाचन समितिलाई अनुरोध गरेको अखिल (क्रान्तीकारी) का त्रिवि इकाइ अध्यक्ष प्रदिप भट्टले जानकारी दिए ।
प्रतिक्रिया 4