+

एपीएफविरुद्ध पुनरागमन जितसहित मनाङ दोस्रो स्थानमा

२०७९ चैत  ४ गते २०:३३ २०७९ चैत ४ गते २०:३३
एपीएफविरुद्ध पुनरागमन जितसहित मनाङ दोस्रो स्थानमा

४ चैत, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले दोस्रो हाफमा दुई गोल गर्दै शहीद स्मारक ए डिभिजन लिग २०७९-८० लिगमा शनिवार एपीएफलाई २-१ ले हराएको छ । त्रिपुरेश्वर दशरथ रंगशालमा भएको खेलमा मनाङले एक गोलले पछि परेको स्थिति उल्टाउँदै विभागीय टोली एपीएफलाई पराजित गरेको छ ।

चाडका खेलाडी अर्मान्ड बेउडमले ३४औं मिनेटमा कप्तान नविन लामाको क्रस हेड गोल गर्दै एपीएफलाई पहिले अग्रता दिलाएका थिए । तर त्यसलाई दोस्रो हाफमा कायम राख्न सकेन ।

५२ औं मिनेटमा मनाङका कमल थापाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि मनाङका लागि वैकल्पिक खेलाडी सायिद जमोल दाभ्लातजोनोभले ७२ औं मिनेटमा गोल गरे । यसअघि संकटा र एनआरटी विरुद्ध गोल गरेका उज्वेकिस्तानी खेलाडी सायिद जमोलको लिगमा यो तेस्रो गोल हो ।

यस जितपछि मनाङले गत सिजन एपीएफसँग लिगमा बेहोरेको हारको बदला पनि लिएको छ । यस्तै अंकतालिकामा मनाङ दोस्रो स्थानमा उक्लेको छ ।

अपराजित मनाङले पाँच खेलमा ३ जित र २ बराबरीबाट ११ अंक जोडेको छ । शीर्ष स्थानको सातदोबाटो भन्दा एक अंकले पछि रहेको मनाङले अर्को अपराजित टोली चर्च ब्वाइज युनाइटेड समान अंक जोडेको छ । गोल अन्तर पनि समान भएपनि धेरै गोल गरेको मनाङ अगाडि रहेको हो ।

युवा टिम बनाएको मनाङले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै लिग सुरु गरेको थियो । दोस्रो खेलमा संकटालाई हरायो भने तेस्रो खेलमा मछिन्द्र क्लबसँग बराबरी खेल्यो । चौथो खेलमा एनआरटीलाई हराएको थियो । दोस्रो हार बेहोरेको एपीएफको ७ अंक छ ।

मनाङ र एपीएफबीचको पाँचौ चरणको अन्तिम खेलसँगै ए डिभिजन लिग केही समयका लागि ब्रेक हुनेछ ।

अन्तर्राष्ट्रिय ब्रेकमा नेपालले भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल घरेलु मैदानमा खेल्नेछ । यस्तै ए ८भिजन क्लबहरुले मोफसलमा हुने विभिन्न गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्नेछन् । थ्री नेसन्स कप यही चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालमा हुनेछ ।

लिग  अब चैत २० गतेदेखि फेरि सुरु हुने अखल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

फुटबल मनाङ मर्स्याङ्दी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय