
५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि स्ववियु निर्वाचन सुरु भएको छ । कीर्तिपुरमा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत् मतदान भइरहेको छ ।
बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि तयारी पूरा नहुँदा झण्डै एकघण्टा ढिला गरी मतदान सुरु भएको हो । मतदानको समय अपराह्न चार बजेसम्म निर्धारण गरिएको छ ।
निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले मुख्य प्रवेशद्वारमा परिचयपत्र हेरेरमात्र प्रवेश गर्न दिएका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4