
५ चैत, ललितपुर । ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकल यात्री महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिना रहेका प्रहरीले जनाएको छ ।
उनी चढेको साइकललाई शनिबार राति बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनको बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4