
५ चैत, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भनी प्रश्न गरेका छन् ।
किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?’
रसायनिक मलमा अनुदान कटौती भएकोमा उनले असन्तुष्टि जनाए । ‘किसानहरुलाई एक बोरा मलसमेत समयमै उपलब्ध गराउन नसक्ने सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । यो अन्याय कहिलेसम्म भोग्नुपर्ने हो ?’ उनको प्रश्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4