+
+

एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

डा. सुशील अधिकारी डा. सुशील अधिकारी
२०७९ चैत ५ गते १३:५८

हामी कुनै समस्या लिएर जब चिकित्सककहाँ पुग्छौं, उनले स्वास्थ्य जाँचपछि केही औषधि सिफारिस गर्छन् । त्यस्ता औषधिले कसरी काम गर्छ, के काम गर्छ, कति समयपछि काम गर्छ ? हामी खासै सोधीखोजी गर्दैनौं । धेरैजसो अवस्थामा यसरी सिफारिस गरिएको औषधिमध्ये एउटा चाहिं ग्याष्ट्रिकको हुन्छ ।

ग्यास्ट्रिकको समस्या होस् वा नहोस्, अन्य औषधिमा ग्यास्ट्रिकको औषधि पनि खानुपर्ने हुन्छ । यस्तो औषधि खासगरी खाली पेटमा खानुपर्छ ।

अन्य औषधिले पेटमा एसिड पैदा गर्छ

सामान्यतया धेरैजसो रोगका बिरामीलाई एन्टीबायोटिक दिइन्छ । एन्टीबायोटिकले पेटमा पुगेपछि एसिड पैदा गर्छ । यसैको कारण मुखमा अमिलो पानी आउने, डकार आउने, पेट ढुस्स हुने, शौच क्रिया नियमित नहुने जस्ता समस्या आउन सक्छ । यसैलाई कम गर्नका लागि एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि दिइने गरिन्छ ।

किन खाली पेटमा खानुपर्छ ?

ग्यास्ट्रिकको औषधिले पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिडलाई बढ्न कम गराउने भएकाले खाली पेटमा खान सल्लाह दिइन्छ । एसिड बढ्यो भने बिरामीले खाइरहेका औषधिले साइडइफेक्ट गराउन सक्छ, साथै पेटमा पनि समस्या ल्याउन सक्छ । त्यसलाई नियन्त्रण गर्न ग्यास्ट्रिकको औषधि खाली पेटमा खानुपर्ने हुन्छ । खानापछि यो औषधि खाँदा कम प्रभावकारी हुन्छ ।

यदि बिरामीले खानेकुरामा ध्यान दिएको छ र शरीरलाई चाहिने पोषणतत्वहरु मिलाएर खाएको छ भने ग्यास्ट्रिकको औषधि खानैपर्छ भन्ने हुँदैन । तर अहिले अधिकांशको खानपान त्यति सन्तुलित नहुने भएकाले यो औषधि खानुपर्ने देखिन्छ ।

कब्जियत, कोलन क्यान्सर, अल्सर र क्यान्सरका बिरामीले ग्यास्ट्रिकको औषधि छुटाउन हुँदैन । किनकि यी रोगमा मुख्य भूमिका पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड हुन्छ । यी रोगमा पखाला लाग्ने, कब्जियत हुने, पेट अस्वस्थ हुने, पेटमा ग्यास बढ्ने जस्ता एसिडका कारण हुने समस्या हुन्छन् ।

(डा. अधिकारी मेडिकल अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?