
५ चैत, जनकपुरधाम । सप्तरीबाट दुईवटा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीकै छिनमस्ता गाउँपालिका २ महुवाका २८ वर्षीय सोनु राय र राजबिराज नगरपालिका १ डुमरीका २८ वर्षीय रोशन यादव छन् ।
आइतबार दिउँसो तिलाठी कोईलाडी गाउँपालिका १ खाडोखोला स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकिङ्ग टोलीले सोनुलाई चेकजाँच गर्दा कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा मेड ईन यूएसए र अर्को पट्टी चाइना लेखेको अटोमेटिक म्याग्जिनसहितको पेस्तोल बरामद गरेको हो ।
उनलाई सोधपुछ गर्दा रोशन यादवले आफूलाई सो पेस्तोल दिएको भनेका थिए । त्यसपछि रोशनलाई समेत पक्राउ गरी दुबैजनामाथि थप अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4