
५ चैत, काठमाडौं। सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भेरिफिकेसन सब्स्क्रिप्सन फिचर सुरु गरेको छ ।
ट्वीटरपछि अब फेसबुकले पनि आफ्नो सशुल्क भेरिफिकेशन सेवा लञ्च गरेको हो । शुक्रबार मेटाले अमेरिकामा उक्त सर्भिस सुरुवात गरेको हो ।
हालका लागि सब्सक्रिप्सन सेवा अमेरिकी प्रयोगकर्ताका लागि मात्रै लञ्च गरिएको भएपनि छिटै विश्वका अनय देशहरुमा पनि सुरु गर्ने योजना मेटाको छ ।
योसँगै अब फेसबुक तथा इन्स्टाग्रामका प्रयोगकर्ताले सुल्क तिरेर मात्रै अकाउन्ट भेरिफिकेसन प्राप्त गर्न सक्नेछन् ।
मेटाले फेसबुक तथा इनस्टाग्राममा सशुल्क भेरिफिकेशनको रुपमा ब्लू ब्याज प्रदान गर्नेछ । यसका लागि प्रयोगकर्ताहरुले आफ्नो सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ भने मासिक ११.९९ अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ ।
यो शुल्क वेब ब्राउजरबाट फेसबुक चलाउँदाको हो । एप्पलको आइओएस तथा एन्ड्रोइड प्लाटफर्मका प्रयोगकर्ताले भने भेरिफिकेसन ब्याजका लागि मासिक १४.९९ डलर तिर्नुपर्नेछ ।
मेटाले केही समयदेखि सशुल्क भेरिफिकेशन फिचरको परीक्षण गरिरहेको थियो । अमेरिकाभन्दा पहिले मेटाले यसलाई परीक्षणको रुपमा अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरेको थियो । त्यसअघि स्नापच्याट र टेलिग्रामले पनि आफ्नो सशुल्क सेवा ल्याइसकेका छन् ।
मेटाको पछिल्लो कदमले अब सबै सोसल मिडिया कम्पनीहरु प्रयोगकर्ताबाट सुल्क उठाएर आम्दानी बढाउने सोँचमा रहेको देखिएको छ । यद्यपि अहिले सोसल मिडिया कम्पनीहरुको आम्दानीको अधिकांस हिस्सा विज्ञापनबाटै आउने गर्दछ । एजेन्सीको सहयोग
प्रतिक्रिया 4