
५ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवालाई अभिमुखीकरण तालिम दिने संस्थाले अब विद्युतीय हाजिरी ३० दिनसम्म हटाउन नपाउने भएका छन् ।
वैदेशिक रोजगार विभागले विद्युतीय हाजिरीको डाटा सुरक्षित राख्न तालिम प्रदान गर्ने संस्थालाई निर्देशन दिएको छ ।
विभागकाअनुसार अभिमुखीकरण तालीम सञ्चालन कार्यविधि २०७६ अनुसार तालिम सञ्चालन गर्दा प्रशिक्षार्थीहरुको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको विद्युतीय हाजिरीको दैनिक अभिलेख राख्नु पर्छ ।
तालिम अवधि समाप्त भएपछि संयोजकले प्रमाणित गरी अनलाइनमाध्यमबाट विभागमा पठाउनु पर्छ । यस्तो नियम भएपनि तालिम दिने संस्थाले हाजिरी दैनिक डिलिट गर्ने गरेको पाइएको विभागले उल्लेख गरेको छ । सोहीकारण अब भने यस्ता संस्थाले विद्युतीय हाजिरीको ब्याकअप ३० दिनसम्म सुरक्षित राख्नु पर्ने भएको छ । यसरी हाजिर सुरक्षित नराखेमा कानुन अनुसार कारबाही हुने विभागको चेतावनी छ ।
प्रतिक्रिया 4