
५ चैत, जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो ।
राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् । कुल मतदाताको ३६ दशमलव ८९ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
।
राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव र लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा सभापतिको उम्मेदवार छन् ।
गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा निकटका विद्यार्थी संगठनहरू रहेका छन् ।
त्यस्तै, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिशेक साह सभापतिका उम्मेदवार छन् ।
राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् । आइतबार साँझबाट मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया 4