५ चैत, काठमाडौं । सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित भएका हुन् ।
त्यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कांस्य जितेका थिए ।
महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कांस्य दिलाएकी थिइन् । नेपाली टोली सोमबार स्वदेश फर्किदै छ ।
यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।
प्रतिक्रिया 4