
६ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमईसीईई–बीएल २०२३) को सबै शैक्षिक कार्यक्रमको समूहगत योग्यताक्रम प्रकाशन गरेको छ ।
आयोगले गत फागुन २४ गतेदेखि २८ गतेसम्म लिएको १३ वटा शैक्षिक कार्यक्रमहरुको नतिजा चैत १ गतेदेखि ४ गतेसम्म प्रकाशित गरेको थियो । उक्त प्रकाशित नतिजाको समूगत योग्यताक्रम प्रकाशन गरेको छ ।
उक्त योग्यताक्रम नतिजामा दाबीविरोध भए चैत ८ गते बिहानदेखि १० गते अपराह्न ५ बजेभित्र आयोगको इमेल मार्फत उजुरी दिन सकिने आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4