+
+

प्रचण्डबारे राजेन्द्र लिङ्देन : हाइड्रोजन गाडी दियौं, स्टार्ट नहुँदै हामफाल्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १९:०८

६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले हाइड्रोजन गाडी दिँदा स्टार्ट नहुँदै हामफालेको टिप्पणी गरे ।

‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिराख्ने ड्राइभरले …मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिउँ भनेर गाडी पनि कहाँ हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि ड्राइभर हामफालेर तैट म त पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने ?’

आफूहरुसँग गाडी रहेको, चलाउने सीप रहेको तर लाइसेन्स नभएको भन्दै लिङ्देनले पर्खिनुको विकल्प नभएको बताए ।

उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनिबताए । ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उनले भने ।

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भाग्यमानी भन्दै ठट्टा गरे । ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिदै हुनुहुन्छ, वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओस्’ उनले भने ।

गाउँघरमा कहिले काँही यस्तो ड्राइभर भेन्टिन्छ, छिनछिनमा गाडी फेरिराखेको हुन्छ । कहिले कसको गाडी चलाइराखेको हुन्छ, कहिले कसको चलाइराखेको हुन्छ । मान्छेहरुले भन्छ, यो टिकाउ छैन, गाडी फेरिराख्छ, धेरै दिन बस्दैन ।

कहिले काँही त्यस्तो धेरै गाडी फेरिराख्ने ड्राइभर धेरै ठाउँको अनुभवले नयाँ गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ । यो चोटी राप्रपाले केही थान मन्त्रालय लिएर सरकारमा सहभागी हुने मनसाय राखेको थिएन । तर यस्तै गाडी फेरिराख्ने ड्राइभर तपाईंहरुको गाडी चलाउँछु भनेर आएपछि अनुभवी ड्राइभर छ, लाइसेन्स पनि भएको भनेर हाइड्रोजन गाडी दियौं । हाइड्रोजन गाडी स्टार्ट नहुँदै ड्राइभर हामफालेर तट् म त पुरानै गाडी चलाउँछु भनेर हिडेपछि (हाँस्दै) अब हामीले के गर्ने ?

अब राप्रपाको अवस्था त यस्तो भयो कि गाडी छ, चलाउने सिप पनि छ, लाइसेन्स छैन । कुर्नुपर्ने भयो । धेरै भन्नु छैन, प्रधानमन्त्रीजीलाई अर्को यात्राका लागि शुभकामना छ । असहमति राखेर तपाईँले बाटो फेरपेछि त्यो रात पनि गाह्रो भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?