
६ चैत, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साहसी रहेको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दावीसमेत गरे । ‘पुष्पकमल दाहालजस्तो साहसिक प्रधानमन्त्री कमै पाइन्छ । यिनका मनमा केही रहँदैन । प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने’ उनले भने, ‘र, अहिले मुलुकमा जुन प्रकारको संकट परेको छ । मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ । यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौं ।’
सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री प्रचण्डले विगतमा गरेको प्रतिवद्धता कार्यान्वयन भएको हेर्न चाहेको पनि बताए । उनले महंगी नियन्त्रण गर्न सरकारलाई आग्रह् गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4