
६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमै आफूलाई एमालेसँग गठबन्धन टिक्दैन भन्ने लागेको सुनाएका छन् ।
विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि उठेको प्रश्नमा जवाफ दिँदै प्रचण्डले एमालेले सहमति पालना नगरेको बताए । सरकार गठनका क्रममा नेकपामा एकाअर्कालाई लगाएको आरोप, संसद विघटन जस्ता विगतमा भएका वादविवादका घटनाक्रमलाई कम्तीमा २/३ वर्ष थाति राख्ने समझदारी भएको बताए ।
तर विश्वासको मत लिने दिन (२६ पुस) मै एमाले अध्यक्ष ओलीले संसद विघटन सही थियो भनेर प्रस्तुत भएको भन्दै प्रचण्डले भने, ‘विश्वासको मतको दिन जसरी उहाँले संसद विघटन गर्नु सही हो । क्यानडामा, इल्याण्डमा यहाँ पनि…। शेरबहादुरले पनि विघटन गरेको भनेपछि त्यहीँ यो भंग हुने तिर गयो भन्नेमा भित्र पुगिसकेको थिएँ ।’
उनले अगाडि भने, ‘त्यही लडाई हिजो सडकमा लडिएको थियो, अदालतमा लडिएको थियो, सदनमा लडिएको थियो । त्यही लडाईं यहीँ (प्रतिनिधिसभामा) आएपछि म कसरी सक्छु त्यहाँ बस्न ?’
त्यही बेला कांग्रेसले प्रचण्डलाई छोडेर त्रुटि गरेको भनेर प्रश्चाताप गरेपछि आफ्नो लभ परेको उनले सुनाए । ‘त्यो लभ परेको प्रधानमन्त्रीका लागि होइन है, एजेण्डाकै लागि हो’, उनले भने, ‘शान्ति, संविधान, लोकतन्त्र र गणतन्त्रका लागि, जसमा हिजो संसद विघटन हुँदा लडेका थियौं, त्यही एजेण्डामा फर्किएको मात्र हौं ।’
प्रतिक्रिया 4