
६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।
राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको प्रचण्डले सुनाए ।
त्यसक्रममा ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएर पठाएको भन्दै प्रचण्डले भने, ‘उहाँले मलाई पटक–पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा सभामुखको बायाँ पट्टी लविमा तपाई र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’
ओलीले कांग्रेसले कुनै पनि बेला धोका दिन्छ र माओवादी प्रतिपक्षमा पुग्छ भनेर बारम्बार भनेको भन्दै प्रधानमन्त्री प्रचण्डले शेरबहादुर देउवातिर हेर्दै भनेका छन्, उहाँको भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने तपाईं हाम्रो हातमा छ ।’
प्रतिक्रिया 4