
६ चैत, काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । साेमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ कराेड रुपैयाँ विदेशी लगानी भित्र्याएकाे जानकारी दिएको हाे ।
वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट (बीआईआई)बाट एक अर्ब २० कराेड र डाेल्मा इम्प्याक्ट फण्डबाट ९० कराेड रुपैयाँ लगानी भित्र्याइएकाे वर्ल्डलिंकले जनाएको छ । यससँगै वर्ल्डलिंककमा विदेशी लगानी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
यसअघि सन् २०१९ काे अक्टोबरमा वर्ल्ड लिंकले बीआईआईबाट १ अर्ब ३५ कराेड रुपैयाँ लगानी भित्र्याएकाे थियाे । थप लगानीले थप एक हजार राेजगारी सिर्जना हुने वर्ल्डलिंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4