
६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत परिवर्तन गर्न सकेमा अर्थतन्त्रमा देखिएका समस्याबाट पार पाउन सकिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश छैठौं प्रदेशसभा समारोहलाई सोमबार पोखरामा सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।
‘अहिले अर्थतन्त्रका केही सूचकांकहरु सकारात्मक देखिएका छन् । रेमिट्यान्स बढेको छ । विदेशी पर्यटकको संख्या बढेको छ । बैंकमा तरलता पनि बढेको छ । त्यसैले यसलाई आधार बनाएर नयाँ नीतिगत व्यवस्था गरेर अगाडि बढ्न सकियो भने हामीले अहिलेको अर्थतन्त्रको समस्याबाट पार पाउन सकिन्छ’ ढकालले भने ।
उनले छिमेकी मुलुकको आर्थिक अवस्थासँग तुलना गरी नेपालमा पनि कठोर नीति लिंदा अर्थतन्त्रमा समस्या आएको स्मरण गर्दै अहिलेको अवस्था व्यवसायीहरुका लागि चुनौतीपूर्ण रहेको बताए ।
उनले अहिलेको असहज अवस्थामा सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
‘अर्थतन्त्रमा समस्या छ । अहिले एक पक्षले अर्को पक्षलाई आरोप प्रत्यारोप लगाएर समस्याको समाधान हुँदैन । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्र सबै मिलेर अहिलेको समस्याको समाधान खोज्नुपर्ने अवस्था छ । सबै मिलेर यो अवस्थालाई पार लगाउनुपर्नेछ’ उनले भने ।
उनले अहिलेसम्म निर्वाचन सकिएका सबै प्रदेशहरुमा सर्वसम्मत नेतृत्व चयन भएको उदाहरण दिँदै यस गण्डकी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सुझाव दिए
प्रतिक्रिया 4