
युरिया मल/फाइल तस्वीर
६ चैत, काठमाडौं । एक महिनाको अवधिमा अर्थ मन्त्रालयले ८ अर्बको स्रोत सुनिश्चितता दिएको छ । मन्त्रालयका अनुसार बहुवर्षिय ठेक्काको सहमति र बजेटसँग सम्बन्धित सहमति सो रकम बराबरको दिइएको हो ।
यस महिनामा रासायनिक मल खरिदका लागि ७ अर्ब ७५ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ । यस्तो स्रोत सुनिश्चितता कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाएको छ ।
आन्तरिक राजस्व विभागमा अन्तःशुल्क स्टिकर छपाइ, आपूर्ति र ढुवानीका लागि मन्त्रालयले ४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4