
काठमाडौं । लेखक रवीन्द्र समीरको लघुकथा संग्रह ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय समीरको यो १३ औं पुस्तक हो ।
पुस्तकमा कोरोना महामारीको सुरुवातमा समाजमा देखिएको डर, हल्ला, उपचारको अनिश्चितता, अस्पतालमा बिरामीको भीड र बेड, अक्सिजन अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम र महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई दर्शाइएको छ ।
इण्डिगो इन्कले बजारमा ल्याएको पुस्तक महामारीको जीवन्त दस्तावेजको रुपमा रहने लेखक समीरको विश्वास छ ।
समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, नेपाल विद्यवाभूषण पदक लगायत थुप्रै पुरस्कार प्राप्त गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4