
७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको कल सेन्टरमार्फत ९ महिनामा २ हजार भन्दा बढी गुनासा दर्ता भएको पाइएको छ । २७ हजार ९ वटा कल मार्फत २ हजार ४ सय १५ गुनासो दर्ता भएको महानगरका सहायक निर्देशक भरतकुमार पोखरेलले जानकारी दिए ।
महानगरका अनुसार गत २३ जेठदेखि कल सेन्टर सञ्चालनमा ल्याइएको हो । यो गुनासो दर्ता २ चैतसम्मको हो । पोखरेलका अनुसार गुनासो आएका मध्ये १ हजार ४ सय १६ गुनासो सम्बोधन भइसकेको छ भने ९ सय ९७ गुनासो सम्बोधनको प्रक्रियमा रहेको छ ।
महानगरका अनुसार सबैभन्दा धेरै गुनासो नगर प्रहरी सम्बन्धी छन् । २३ जेठदेखि २ चैतसम्म महानगर प्रहरी सम्बन्धी ९ सय २ गुनासोहरु आएका छन् । जसमध्ये ८ सय ७६ गुनासा सम्बोधन भइसकेका छन् भने २६ वटा गुनासा सम्बोधन बाँकी छन् ।
मेयर बालेन (बालेन्द्र) साहसँग सम्बन्धित ५ सय ३२ गुनासो आएको र जसमध्ये २५९ गुनासाहरु सम्बोधन भइसकेको महानगरले जनाएको छ । मेयर साह सम्बन्धी २७३ गुनासा सम्बोधन हुन बाँकी नै छन् ।
यस्तै वातावरणसम्बन्धी ४८०, सार्वजनिक निर्माण सम्बन्धी ४५०, जनस्वास्थ्य सम्बन्धी १५५, प्रशासनसम्बन्धी २२ र शिक्षा सम्बन्धी १९ वटा गुनासा आएका छन् ।
कल सेन्टरमा अहिले पनि महानगरपालिकाले गर्नुपर्ने काम भन्दा फुटपाथ ओगटेर बसेको, सरकारी जमिन प्रयोग गरेको, फोहोर फालेको जस्तो सूचना आउने गरेको कर्मचारीहरु बताउँछन् ।
प्रतिक्रिया 4