+

३७ वर्षका नावीले गरे अफगानी टोलीमा पुनरागमन, पाकिस्तान विरुद्ध टी-२० खेल्ने

२०७९ चैत  ७ गते १६:४८ २०७९ चैत ७ गते १६:४८
३७ वर्षका नावीले गरे अफगानी टोलीमा पुनरागमन, पाकिस्तान विरुद्ध टी-२० खेल्ने

७ चैत, काठमाडौं । पाकिस्तान विरुद्ध हुने टी-२० सिरिजका लागि रासिद खानको कप्तानीमा १७ सदस्यीय अफगानिस्तानको टोली घोषणा भएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार घोषणा गरेको टिममा भेट्रान अलराउण्डर तथा पूर्व कप्तान मोहम्मद नावीले पुनरागमन गरेका छन् । सिनियर ब्याटर रहमात शाह र हज्रतुल्लाह जजाई भने टिमबाट बाहिरिएका छन् ।

३७ वर्षीय नावीले २०२२ को टी२० विश्वकपपछि कप्तान पद छाडेका थिए । नावी यसअघि युएई विरुद्धको टी_२० सिरिजमा भने टिममा थिएनन् ।

अफगानिस्तान क्रिकेट बोर्डका सीईओ नसिस खानले सिरिजका लागि उपलब्ध भएका उत्कृष्ट खेलाडीहरु सेलेक्टरले छनोट गरेको बताएका छन् । अफगानिस्तान र पाकिस्तानबीचको तीन खेलको टी-२०आई सिरिज मार्च २४ देखि यूएईको शारजाहमा सुरु हुँदैछ ।

अफगानिस्तानी टिम

राशिद खान(कप्तान), रहमानुलल्ह गुर्बाज (विकेटकिपर) इब्राहिम जद्रान, उस्मान घानी, सेदिकुल्लाह अटल, नजिबुल्लाह जद्रान, अफ्सर जजाई, करिम जनत, मोहम्मद नावी, अज्मतुल्लाह ओमरजाई, गुल्बादिन नइब, शरफुद्दिन अस्रफ, नुर अहमद, मुजिव उर रेहमान, फरिद अहमद, फजलहक फारुकी, नभिन उल हक

रिजर्भ : नान्ग्याल खारोटी, जाहिर खान, निजत मासौद

अफगानिस्तान क्रिकेट मोहमद नाबी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय