
७ चैत, काठमाडौं । आइतबार निर्वाचन हुन नसकेका क्याम्पसहरुलाई तत्काल सम्बद्ध पक्षसँग समझदारी कायम गरी निर्वाचन सम्पन्न गर्न स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन दिएको छ ।
समितिका सदस्य सचिव प्रा.पशुपति अधिकारीले निर्वाचन सम्पन्न हुन बाँकी भएका १३ आंगिक कलेजलाई तत्काल निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए ।
काठमाडौं उपत्यकाभित्रका ७ र बाहिरका ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ ।
काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा र काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4