
७ चैत, काठमाडौं । चीनको भ्रष्टाचार निरोधी संस्थाले चिप टाइकुन चाओ विगुओविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ ।
चाओमाथि यस्तो बेलामा भ्रष्टाचार आरोप लागेको छ, जुन बेलामा देशको सेमिकन्डक्टर उद्योगले संकटको सामना गरिरहेको छ ।
चाओ कम्युटर चिपमेकर सिंगुआ युनिग्रुपका पूर्व अध्यक्ष हुन् ।
चीन सरकारले सेमी कन्डक्टर उद्योगमा अरबौं डलरको लगानी गरेको थियो । तर पनि उद्योग सञ्चालनमा बाधा आएको थियो । त्यसपछि उद्योगसँग जोडिएका महत्वपूर्ण व्यक्तिमाथि भ्रष्टाचारको अनुसन्धान सुरु भएको थियो ।
यसबारेमा चाओ र सिंगुआ ग्रुपले केही बताएको छैन।
भ्रष्टाचार निरोधी संस्था सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनले चाओमाथि सरकारी कम्पनीलाई आफ्नो निजी जागिरको रुपमा उपयोग गरेको आरोप लगाएको छ ।
उनले कम्पनीका काम आफ्ना नातेदारलाई दिएको र सामान तथा सेवाको महँगो रकम तिरेको आरोप पनि छ ।
प्रतिक्रिया 4