८ चैत, काठमाडौं । फुटबलर सनिस श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन् ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा लाओसबिरुद्ध आज बुधबार ६ बजे हुने उदघाटन खेलमा उनी पहिलो रोजाइमै मैदान उत्रिन लागेका छन् ।
सशस्त्र प्रहरीको एपीएफ क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सनिसले राष्ट्रिय टिममा परेपछिको पहिलो खेलमै डेब्युको मौका पाएका हुन् ।
नेपालका नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले अञ्जन विष्टलाई बेन्चमा राखेका छन् भने भरत खवास पहिलाे राेजाइमा परेका छन् ।
नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र विकास खवास
प्रतिक्रिया 4