+

थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम तिलोत्तमा गोल्डकपको फाइनलमा

२०७९ चैत  ८ गते १७:५२ २०७९ चैत ८ गते १७:५२
थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम तिलोत्तमा गोल्डकपको फाइनलमा

८ चैत, बुटवल । थ्री स्टार क्लबलाई पाखा लगाउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए ।

अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र  फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीच भोलि सेमिफाइनल खेल हुने छ ।

दुई विभागीय सहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुने छ ।

तिलोत्तमा गोल्डकप थ्री स्टार क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय