
काठमाडौं । लेखक खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ सार्वजनिक भएको छ । पुस्तकमा नेपाली समाजमा विद्यामान जात व्यवस्था, दलित समुदायमिथ हुने गरेको विभेद र जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिविम्बित गरिएको छ ।
‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारुप वा भ्रूण टिपें र त्यो प्रारुप वा भ्रूणलाई विस्तार गरी कथानकमा ढालेर यी कथाको रचना गरेको हुँ,’ लेखक संग्रौलाले भने, ‘विपन्न, वञ्चित र दलितहरुलाई जगाउन, हौस्याउन र मानवोचित जीवन प्राप्त गर्ने हेतुले संघर्षमा डट्न प्रेरित गर्ने स-साना जमघटमा मैले यी कथाका पात्रहरुलाई भेटेको थिएँ ।’
‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा तीन दशक अवधिमा (२०२७ देखि २०५५ सालसम्म) लेखिएका आठ फुटकर कथा छन् । पुस्तक बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4