+

राष्ट्रिय फुटबल टिममा मणि लामाको डेब्यू

२०७९ चैत  ८ गते १९:४४ २०७९ चैत ८ गते १९:४४
राष्ट्रिय फुटबल टिममा मणि लामाको डेब्यू

८ चैत, काठमाडौं । मणि लामाले राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत लाओससँगको खेलमा उनले ७४ औं मिनेटमा मैदान प्रवेश गर्दै डेब्यू गरेका हुन् ।

नेपालको राष्ट्रिय फुटसल टिमका सदस्यसमेत रहेका उनले नवीन लामालाई प्रतिस्थापन गरी फुटबलको सिनियर टिमबाट डेब्यू गरेका हुन् ।

मणि लामा नेपालकाे पहिलाे राष्ट्रिय फुटसल टिमका सदस्य हुन् । उनी २०१७ देखि नै फुटसलकाे राष्ट्रिय टिममा छन् ।

उनले फुटसल एसियन कप छनोटको तीन संस्करण खेलेका छन्  । उनले एपीएफबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।

उनी मैदान प्रवेश गर्दा नेपाल २-० ले अघि छ ।

नेपाल भर्सेस लाओस प्रधानमन्त्री कप फुटबल मणि लामा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय