
काठमाडौं । सामसङले नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा छिट्टै भित्रिने कम्पनीले जनाएको छ ।
विशेष गरी यी दुवै स्मार्टफोनहरु तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताका कारण ग्राहकको ध्यान केन्द्रित भएको पाइएको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार दुवै स्मार्टफोनहरु प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ बजारमा आएका छन् । ग्यालेक्सी ए३४ ५जीमा ४८ एमपी प्राइमेरी क्यामेरा र २ एमपी म्याक्रो लेन्स रहेका छन् भने ग्यालेक्सी ए५४ ५जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपीको अल्ट्रा वाइड एङ्गल लेन्स जडित छ ।
दुवै ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरुल आफ्नो रोजाइमा ढुक्क हुन सक्छन् ।
सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4