
९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । २०७८ मंसिरमा घटाएर ३५ हजार डलरमा झारिएको सीमा संशोधन गर्दै केन्द्रीय बैंकले अब एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सकिने गरी भुक्तानी सीमा थप गरेको हो ।
नयाँ व्यवस्थाअनुसार अब व्यवयासीले प्रतिपटक ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले गरेको एकीकृत निर्देशन परिमार्जनमा चाँदी आयात र बिक्रीलाई थप पारदर्शी पनि बनाइएको छ । अब चाँदी आयात गर्दा चाँदी आउने रुट प्रमाणसहितको ‘मास्टर एयरवेज बिल’ अनिवार्य रुपमा पेश गर्नुपर्ने छ ।
केन्द्रीय बैंकले निर्यात प्रयोजनमा बैंकहरुबाट खरिद गर्ने चाँदीको सीमा पनि एक किलोबाट हटाएको छ । तर, हरेक महिनाको ७ दिन भित्र यस्तो चाँदी बिक्रीको विवरण भने बैंकले राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।
प्रतिक्रिया 4