
काठमाडौं । ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्यहरुले एनएमबि बैंकको भ्रमण गरेका छन् ।
एनएमबि बैंकको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टसँगको सहकार्यमा भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासबारे भ्रमण टोलीले जानकारी लिएको बैंकले जनाएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमण टोलीलाई बैंकको दिगो बैंकिङ अभ्यास कार्यान्वयन पश्चात भएको प्रगति विवरणबारे जानकारी गराएका थिए । सो क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधन आपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदान महत्वपूर्ण हुने बताएका थिए ।
भ्रमणमा सहभागी प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया 4