
९ चैत, धनगढी। कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट अनेरास्ववियुका यमराज जोशी निर्वाचित भएका छन् ।
जोशीले ७२२ मतसहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका उम्मेदवार हरिश खत्रीले ७०५ मत ल्याए ।
यस्तै सचिवमा भने नेविसंघका उम्मेदवार सन्तोश पन्त ८५६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार रमेश बोहराले ५८३ मत ल्याए ।
यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै अम्बिका चौधरी निर्वाचित भएकी छन् । चौधरीले अखिल क्रान्तिकारीका दिनेशराज जोशीलाई पराजित गरेकी हुन् । चौधरीले ७६४ मत पाउँदा जोशीले भने ५७२ मत ल्याए ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलाली बहुमुखीमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।
विद्यार्थी संगठनहरुबीच स्थानबारे सहमती नहुँदा बिहीबार बिहानसम्म मतगणना हुन सकेको थिएन ।
११ बजे कैलाली क्याम्पसमै गणना गर्ने सहमति भएको थियो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएपनि सदस्यहरुको गणना गर्न बाँकी छ ।
प्रतिक्रिया 4