+
+

बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत, बिजुलीमै खाना पकाउने ०.५ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १३:०९
फाइल तस्वीर

१० चैत, काठमाडौं । आधाभन्दा बढी नेपाली परिवारले खाना पकाउन काठ दाउरा प्रयोग गर्ने गरेको पाइएको छ ।

देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

नेपालमा खाना पकाउन अक्सर दाउरा, एलपी ग्याँस, बिजुली, गुइँठा, बायोग्याँस र मट्टितेल प्रयोग हुने गरेको छ । खाना पकाउन अक्सर एलपी ग्याँस प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत र बिजुली प्रयोग गर्ने परिवार जम्मा ०.५ प्रतिशत छ ।

गुइँठा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः २.९, १.२, ०.०५ र ०.१ प्रतिशत छ।

राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।

नेपालमा हाल बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत छ । २०६८ मा ६७.३ प्रतिशत परिवारले बिजुली प्रयोग गर्दथे ।

राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेश अनुसार हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा बढी (८२.२ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्ने गरेका छन् । बागमती प्रदेशमा एल.पी.ग्याँस प्रयोग गर्ने परिवार सबैभन्दा बढी (६९.८ प्रतिशत) रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?