
काठमाडौं। यदि कसैको प्रेम सम्बन्ध टुटेको छ भने पनि अब निरास हुनु र डिप्रेसनमा जानु जरुरी छैन । किनकी यस्ता युवक युवतीहरुको साथमा अब सरकार नै उभिएको छ । तर मख्ख नपर्नुस् । यो खबर नेपालको भने होइन । दुनियाकै समृद्ध मध्येको एक न्युजिल्याण्डको समाचार हो यो ।
१६ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरी तथा युवा युवतीहरुलाई प्रेम सम्बन्ध बिग्रिएपछि अर्थात् ब्रेकअप भएपछि उत्पन्न हुने पीडा तथा डिप्रेसनबाट जोगाउनका लागि त्यहाँको सरकारले विशेष अभियान सञ्चालन गरेको हो । वास्तवमा अब न्युजिल्याण्ड सरकार प्रेम वियोगको पीडामा रहेका युवा युवतीको साथमा उभिएको छ । यसका लागि सरकारले करोडौँ रकम बजेट पनि छुट्टाएको छ ।
ब्रेकअपपछि कैयन् युवा युवतीमा यसका गम्भीर परिणाम पनि देखिन्छन् । उनीहरुले पीडा तथा डिप्रेसनका कारण गलत कदम पनि चाल्ने गर्दछन् । त्यहीँ परिप्रेक्ष्यमा न्युजिल्याण्ड सरकारले लभ बेटर अभियान सुरु गरेको हो । यसको माध्यमले युवावर्गमा ब्रेकअपका कारण डिप्रेसनमा जानबाट रोक्ने प्रयास गरिनेछ ।
सिएनएनको रिपोर्ट अनुसार न्युजिल्याण्डमा यो अभियान महिला मन्त्री प्रियंका राधाकृष्णन्को सहयोगबाट बृहत स्तरमा सुरु गरिएको हो । यो अभियानका लागि सामाजिक विकास तथा रोजगार मन्त्रालयले करीब ५० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
एक विज्ञप्ती मार्फत् मन्त्री राधाकृष्णन्ले युवाहरुमा प्रेम सम्बन्धको वियोग एक आम चुनौतिको रुपमा रहेको भन्दै १२ सय भन्दा धेरै युवाहरुले ब्रेकअपको सुरुवाती पीडाबाट मुक्त हुनका लागि आफुहरुलाई सहयोगको खाँचो रहेको उनलाई बताएका थिए ।
युवाहरुलाई तालिम दिइँदै
यो अभियान अन्तरगत युवा पुस्तालाई तालिम दिइँदैछ । जसबाट उनीहरुले ब्रेकअपपछि उत्पन्न परिस्थितिको सामना गर्न सकून् र डिप्रेसनमा नजाउन् । साथै युवाहरुलाई जिम्मेवार पारिवारिक सदस्य बन्ने तालिम पनि दिइनेछ ताकि उनहरु कुनैपनि खालको घरेलु हिंसामा सामेल नहुन् । यो अभियानबाट युवायुवतीहरु मेसेज, कल वा इमेलका माध्यमबाट जोडिन सक्दछन् ।
सन् २०२२ मा सार्वजनिक भएको एक रिपोर्ट अनुसार न्युजिल्याण्डमा १६ देखि २४ वर्ष उमेरका ८७ प्रतिशत युवाहरुले ब्रेकअपको सामना गरेका छन् । ब्रेकअप पछि ती मध्ये धेरै युवाहरु डिप्रेसनमा आएर गलत कदम उठाउने कोसिस समेत गर्दछन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4