
१० चैत, धनगढी । भारतको दुधुवा नेशनल पार्कमा घाँस दाउरा गर्न गएका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरकी महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान नेशनल पार्कभित्र घाँस दाउरा गर्न गएकी पुनर्बास नगरपालिका–१० को भीमबस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लले बिहान करिब ९ बजेतिर बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार दुुधुवा नेशनल पार्कको नम्बर ८ कुवा एसएसबी क्याम्पको डेढ किलोमिटर भित्र जंगलमा महिलाको शव भेटिएको थियो ।
उनीसँगै घाँस, दाउरा गर्न गएका भीमबस्तीकै ७ जना महिलाहरुले चिच्याएको सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक मल्लका अनुसार महिलाको शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाउने तयारी गरेका छन् । उनको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरेपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4