
१० चैत, वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
पटेर्वासुगौली गाउँपालिका-२ निवासी सुदामा महतो बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
दाउरा लिन जंगलमा गएको समयमा महतोलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् । महतोको घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते महतोलाई श्रीपुर पँचगावास्थित गादीमाई पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गरिएको छ ।
पटेर्वासुगौली वडा नम्बर २ का अध्यक्ष बिजय गैह्रेले एम्बुलेन्सको व्यवस्था गर्नुको साथै थप उपचारका लागि पैसासमेत दिएर वीरगञ्ज पठाईएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4