
१२ चैत, धनगढी । कैलालीको मोहन्याल गाउँपालिका ५ तालबन्दमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
से २ त २८५० नम्बरको ट्याक्टर हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार कैलालीको गौरीगंगा नगरपालिका ७ का ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा गएराति साढे १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोहन्याल गाउँपालिका ५ की २० वर्षीया निर्मला रोकामगर र ४० वर्षीया गौमती विक घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4