
१२ चैत, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । १० चैतमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार सेयरधनीले बोनस सेयरमा लाग्ने कर आफैं भुक्तानी गर्नुपर्ने छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4